दोहा – विश्वकप फुटबल –२०२२ अन्तर्गत समूह ‘ए’बाट नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश गरेको छ । मङ्बार रातिभएको खेलले नेदरल्यान्ड्सले विश्वकप आयोजक राष्ट्र कतारलाई २–० गोलले हराउँदै आफ्नो समूहको विजेता बनि अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

मङलबार राति कतारको अल बायत रङ्गशालामा भएको उक्त खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गक्पो र फ्रायङ्की डी योङले गोलको साझेदारी गरेका थिए । मध्यान्तर अघिको २६ औं मिनेटमा गक्पोले गोल गर्दै आफ्नो टिम नेदरल्यान्ड्सलाई अग्रता दिलाएको थिए । खेलको ४९ औं मिनेटमा आफ्नो टिमका लागि फ्रायङ्की डी योङले ४९ औँ मिनेटमा १ गोलको साझेदारी गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित बनाएका थिए ।

जितसँगै तीन खेलबाट सात अङ्क जोडेको नेदरल्यान्ड्सले शीर्ष स्थानमा रहँदै अन्तिम–१६ को यात्रा तय ग¥यो । दुई खेलमा जित र एक खेलमा बराबरी गरेर समूह ‘ए’ को विजेता बनेको नेदरल्यान्ड्स र इक्वेडरलाई पराजित गर्दै उप विजेता बनेको सेनेगल प्री–क्वार्टरफाइनल प्रवेश गरेका छन् । विश्वकप फुटबलको आयोजक एसियाली राष्ट्र कतार भने विना अङ्क समूह चरणबाटै बाहिरिएको छ ।