फाइल तस्वीर
जनकपुरधाम– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्सवादी, लेनिनवादी) बाट प्रतिनिधिसभा सदस्यमा एकै घरका दुई जना निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा यसरी निर्वाचित हुनेमा एमालेका सचिव रघुवीर महासेठ र सोही पार्टीकी केन्द्रीय सदस्य जुली महतो हुन् ।
श्रीमान् श्रीमती नातासम्बन्ध भएका एमालेका उनीहरु धनुषा जिल्लाबाट निर्वाचित भएका हुन् । रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट र जुली महतो धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन् । जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने
समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भै प्रतिनिधिसभामा पुगेकी छन् । केपी ओली प्रधानमन्त्री भएका बेला रघुवीर र जुली दुवै जना यसअघि मन्त्री भइसकेका छन् । जुली महतोका दाजु वीरेन्द्र महतो पनि यसपटक जनता समाजवादी पार्टीबाट सांसद्मा निर्वाचित भएका छन् । वीरेन्द्र महतो सिराहा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको हुन् ।