फाइल तस्वीर


कराँची – पाकिस्तानको तालिबानी समूहले गत जुन महिनामा त्यहाँको सरकारसँग गरेको युद्धविराम सम्झौता भङ्ग गरेको छ । पाकिस्तानी सरकारले दुई पक्षीय सम्झौता पालना गर्न आनकानी गरेको भन्दै तालिबानले जुनमा गरेको सम्झौताबाट आफू पछि हटेको जनाएको हो ।

सरकारसँगको युद्धविरामको सम्झौता भङ्ग भएसँगै तालिबानले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण सुरु गर्नसमेत आह्वान गरेको छ । तालिबानले जारी गरेको विज्ञप्तिमा ‘वार्ता प्रक्रियामा अवरोध नहोस् भनेर हामी लगातार संयम भयौं, तर सेना र गुप्तचरबाट हामीमाथि आक्रमण रोकिएन । त्यसैले अब हामी पनि जवाफी आक्रमण सुरु गर्नेछौं’– उल्लेख गरिएको छ ।

सन् २००७ मा तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) स्थापना भएको थियो । टीटीपी गठन भएयता उसले गरेको आक्रमणबाट सयौं नागरिकहरुको ज्यान गइसकेको छ । न्यूज एजेन्सी