फाइल तस्वीर


सुनसरी – निर्वाचन सकिएको एक हप्ताभन्दा बढी समय वितिसक्दा पनि सुनसरीको निर्वाचन क्षेत्र नम्बर –३ को अन्तिम नतिजा आउन सकेको छैन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटम प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार विजयकुमार गच्छदार हुनुहुन्छ ।

पछिल्लो प्राप्त मत परिणाम अनुसार भगवती चौधरीले ३२ हजार ४१७ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने दोस्रो स्थानमा रहनुभएका नेपाली काङ्ग्रेसका विजयकुमार गच्छदारले २७ हजार ६५६ मत प्राप्त गर्नुभएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार १५६ मत प्राप्त गर्नुभएको छ ।