दोहा– एसियाली मुलुक कतारमा जारी विश्वकप फुटबलमा पोर्चुगल अन्तिम १६ मा पुगेको छ । नेपाली समय अनुसार आज बिहान भएको खेलमा पोर्चुगलले समूह चरणको आफ्नो दोस्रो खेलमा उरुग्वेमाथि २–० गोल गर्दै नकआउट चरणको यात्रामा प्रवेश गरेको छ । यी दुवै टिमले समूह चरणकै एक एक खेल खेल्न बाँकी छ । एक खेल बाँकी रहँदै पोर्चुगल प्रि–क्वाटरफाइलनको यात्रा सुरक्षित गरेको हो ।

मध्यान्तर अघिसम्मको खेलमा दुवै टिमले गोलको लागि आक्रमण बुन्ने प्रयार गरेता पनि नतिजा बराबरीमा रहेको थियो । मध्यान्तर पछिको खेलमा पोर्चुगल खेलमा फर्कियो । मध्यान्तर पछि सुरुभएको खेलमा पोर्चुगलले उरुग्वेमाथि धावाबोल्दै खेलको ५४ औं मिनेटमा गोल गर्न सफल भयो । आफ्नो टिमका लागि ब्रुनो फेर्नान्डेसले बललाई जालिचुमाउँदै जितको ढोका खोले ।


एक गोलले पछिपरेको उरुग्वे खेलमा फर्किन प्रयास गरेपनि १–० गोलले पछि परेको अवस्थामा पोर्चुगलका लागि इन्जुरी समयमा ब्रुनो फेर्नान्डेसले नै ९३ औं मिनेटमा पेनाल्टीमार्फत् अर्को गोल थपे । उरुग्वेलाई २–० गोलले पाखा लगाउँदै पोर्चुगल समूह ‘एच’बाट अन्तिम १६ मा प्रवेश गरेको हो ।

पोर्चुगलको समूहचरणको आफ्नो पहिलो खेलमा घानालाई पराजित गरेको थियो । पोर्चुगलको दुवै खेल जितेर ६ अङ्क जोड्दै समूह ‘एच’ को विजेता बन्दै अघिल्लो चरणको यात्रा पक्का गराएको हो । उसले अब समूहचरणको अन्तिम खेल दक्षिण कोरियासँग खेल्ने छ ।

यसअघि भएको सोही समूहको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले स्तब्धपार्दै हराएको छ । दक्षिण कोरियाले पहिलो खेल जितेर ३ अङ्क जोडेको छ । अब उसले पोर्चुगललाई हराउन सके अन्तिम १६ मा पुग्नेछ । अन्यथा दक्षिण कोरियाको कतार विश्वकप यात्रामा पूर्णविराम लाग्नेछ ।