फाइल तस्वीर


दोहा – कतारमा भइरहेको फिफा विश्वकप अन्तर्गत सोमबार दिउँसो अल जानोबल स्टेडियमा प्रतिस्पर्धाका लागि उत्रँदा क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा हुनेछ ।

कतार विश्वकप फुटबल संस्करणमा आज सोमबार दिउँसो सर्बिया र क्यामरुनबीच प्रतिस्पर्धा हँुदैछ । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरुहुने यी दुई टिमबीचको खेल अल जानेबल स्टेडियममा हुँदैछ ।

समूह ‘जी’ मा रहेका क्यामरुन र सर्बिया दुवै टिम आज जितको खोजीमा मैदानमा भिड्ने छन् । समूहचरणको पहिलो खेलमा क्यामरुन स्विट्जरल्याण्डसँग १–० ले पराजित भएको थियो भने सर्बिया ब्राजिलसँग २–० ले पराजित भएको थियो । दुवै टिमले अङ्क बटुल्न सकेका छैनन् । दुवै टिम खेल आफ्नो पक्षमा पार्दै अङ्क बटुलेर नकआउट चरणमा प्रवेश गर्ने ढोका खोल्न चाहन्छन् ।

यस खेलमा पराजित हुने टोली समूह चरणबाटै बाहिरिने बलियो सम्भावना छ । अर्को खेलमा ब्राजिलर स्विट्जरल्याण्डले बराबरी खेलेमा क्यामरुन र सर्बिया मध्ये पराजित हुने टोली समूह चरणबाटै बाहिरिनेछ ।