भगवती चौधरी , फाइल तस्वीर ।


सुनसरी – प्रतिनिधिसभा सदस्यका लागि सुनसरीको निर्वाचन क्षेत्र नम्बर–३ कोे मतगणना भैरहेको छ । पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।

प्राप्त पछिल्लो मत गणनाअनुसार सो निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की भगवती चौधरी अग्रतास्थानमा रहनुभएको छ । एमाले उम्मेदवार चौधरीलाई पछ्याउँदै नेपाली काङ्गे्रसका उम्मेदवार विजयकुमार गच्छदार दोस्रो स्थानमा हुनुहुन्छ । एमालेकी चौधरीले अहिलेसम्म ३० हजार १५५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काङ्ग्रेसका गच्छदारले २५ हजार ९४५ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार चौधरीको भन्दा काङ्ग्रेस उम्मेदवार गच्छदार ४ हजार २१० मतले पछि पर्नुभएको छ ।

यस निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा हुन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत उमाकान्त पौडेलका अनुसार सो निर्वाचन क्षेत्रको ६ वटा वडाको करिब ३० हजार मतगणना गर्न अझै बाँकी नै छ । सो निर्वाचन क्षेत्रको समानुपातिक र प्रदेशसभातर्फको मतगणना पनि एकै साथ भैरहेको छ ।