प्रतिकात्मक तस्वीर

भक्तपुर – मध्यपुरथिमी नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । सोही दुर्घटनामाा परी एक जना गम्भीर घाइते भएका छन् । चाँगुनारायण नगरपालिका –१ दुवाकोटबाट पुरानोथिमी जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर नगरपालिका–७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी परिसर भक्तपुरले बताएको छ ।