अशोककुमार राई, फाइल तस्वीर
धरान– प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित हुनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित राईले राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

जनता समाजवादी पार्टीको सङ्घीय अध्यक्ष समेत रहनुभएका राईलाई एमालेको समर्थन रहेको थियो । उहाँले १७ हजार ५९ मत ल्याउँदा उहाँका निकटम प्रतिस्पर्धी तामाङले १७ हजार ६०६ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका पूर्वउपाध्यक्ष राईले एमालेमा रहँदा २०४८ र २०५१ सालको निर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

एमाले परित्याग गरी उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीमा पुग्नुभएका अशोक राई झण्डै २८ वर्षपछि प्रतिनिधिसभामा प्रवेश गर्दै हुनुहुन्छ । २०५६ र २०६४ सालमा भएको निर्वाचनमा पनि उहाँ उदयपुरबाट चुनाव लड्नुभएको थियो । तर दुवैपटक पराजयको सामना गर्नुभएका राईलाई यतिबेला प्रतिनिधिसभामा पुग्न एमालेकै बैशाखी टेक्नु पर्यो ।

सुनसरी निर्वाचन क्षेत्र १ (क) र (ख) बाट प्रदेशसभा सदस्यमा भने एमालेका उम्मेदवारहरु क्रमशः रमेश बस्नेत र विजय राई निर्वाचित हुनुभएको छ ।