मङ्सिर – इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्जबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्ज विमानस्थलबाट बिदाई गर्नु भएको थियो । उम्राका लागि जान लागेका तिर्थयात्रीहरुलाई बिदाई गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागि समेत प्राथना गर्न आग्रह गर्नु भएको थियो ।
उम्रा गरेपछि मनोकामना पुरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत)मा बास हुने विश्वास गरिन्छ । त्यस्तै हर्ज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामनासमेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ ।
संविधान सभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकि, जामा मस्जिदका पूर्व अध्यक्ष अब्दुल रहमान मियालगायतका व्यक्तिहरु नेपालगञ्ज विमानस्थलमा पुगेर बिदाई गर्नु भएको थियो । उहाँहरु साउदीको मक्का र मदिनामा करिब २० दिन उम्रा गर्नुहुनेछ ।