दोहा– कतारमा जारी फिफा विश्वकप फुटलब अन्तर्गत केहीबेर अघिसम्पन्न खेलमा जापानले हार व्यहोरेको छ । समूहचरणको पहिलो खेलमा चार पटकको विश्वच्याम्पियन जर्मनमाथि २–० गोलले हराएको जापान आज कोस्टारिकासँग १–० गोलले पराजित हुनपुगेको हो ।
नेपाली समयअनुसार आइतबार दिउँसो पौने चार बजे अहमेद बिन अली स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई हराएर समूह ‘ई’ मा पहिलो जित निकालेको छ ।

कोस्टारिकालाई पहिलो जित दिलाउन फुलर स्पेन्सले ८१ औं मिनेटमा निर्णायक गोलका थिए । पहिलो खेलमा स्पेनसँग ७–० को पराकिलो अन्तरले पराजित भएको कोस्टारिकाले पहिलो जितबाट ३ अङ्क जोड्दै अन्तिम १६ मा पुग्ने सम्भावनाको ढोका खोलेको छ ।

दुई खेल खेलेका जापान र कोस्टारिकाको समान ३ अङ्क भएको छ । अब समुहको अन्तिसम खेलमा जापानले स्पेनसँग खेल्नेछ भने कोस्टारिकाले जर्मनीसँग खेल्नेछ । यसै समूहका महारथी जर्मन र स्पेनबीच आज मध्यराति खेल हुँदैछ ।