फाइल तस्वीर


कतार– विश्वकप फुटबलको महाकुम्भ अन्तगर्त आज एसियाली देश जापानले कोस्टारिकाको सामना गर्दैछ । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे दोहास्थित अहमद विन अलि रङ्गशालामा अबको आधाघण्टापछि यी दुई देशबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह चरणको पहिलो खेलमा पूर्वविश्वकप विजेता टिम जर्मनलाई २–० गोलले स्तब्ध बनाएको जापानले कोस्टारिकालाई पाखा लगाएर नकआउटचरमा प्रवेश गर्न चाहन्छ । जर्मनसँगै ७–० गोल खाएर नमिठो हार व्यहोरेको कोस्टारिका पनि आज जापानलाई हराएर नकआउट चरणमा जाने सम्भावनाको खोजिमा मैदानमा उत्रंदैछ ।

समूहको पहिलो खेलमा जापानले २०१४ को च्याम्पियन जमर्नीलाई हराउनु एसियाली टिम इतिहासकै सबैभन्दा ठूलो क्षण थियो ।विश्वकपमा इतिहासमा कोस्टारिकाले जर्मनसँग व्यहोरेको सबैभन्दा ठूलो हारमा जापानलाई हराएर मलमपट्टी लगाउन चाहन्छ । आजको खेलमा जापान लगातार दोस्रो जितसँगै नकआउट चरणमा प्रवेशका मैदानमा खेल्ने छ भने कोस्टारिकाले पनि प्रतियोगितामा फर्किने लक्ष्य लिंदै मैदानमा ओर्लने छ ।