एमालेको सिट सङ्ख्या घट्दा काङ्ग्रेस र माओवादी केन्द्रले जिते धेरै सिट

बुटबल – लुम्बिनी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । कुल ५२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिट जितेर पहिलो दल बनेको हो । एमालेबाट प्रदेशसभा सदस्यमा १८ जना निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाली काङ्ग्रेसले १७ सिटमा जितेर दोश्रो भएको छ भने नेकपा माओवादी केन्द्र १४ सिट जितेको छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिटमा जित हात पारेका छन् । चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेको छ भने माओवादी केन्द्रबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।

अघिल्लो निर्वाचन (२०७४ साल) को चुनावमा नेकपा एमालेले यस प्रदेशमा प्रत्यक्षतर्फ २७ सिट जितेको थियो भने नेपाली काङ्ग्रेसले ७ सिट र नेकपा माओवादी केन्द्रले ५ सिटमा जित हात पारेको थियो । यसपटक एमालेले यसपटक एमालेले ९ सिट गुमाउँदा नेपाली काङ्ग्रेसले १७ र माओवादी केन्द्रले १४छ ।

२०७४ मा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले ५ सिट जितेर तेस्रो बनेको छ । माओवादी केन्द्रले २०७४ मा वाम तालमेल हुँदा १४ सिट जितेको थियो ।

अघिल्लो प्रदेशसभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तिमा ८ दलको प्रतिनिधित्व हुनेछ । यसपटक लुम्बिनी प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका छन् । समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुनेछ ।