रामेछाप – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रामेछाप जिल्लाबाट नेपाली काङ्ग्रेका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

नवनिर्वाचित तामाङले कुल ४७ हजार ९९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । आफ्ना निकटम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पछि पार्दै भारी मतले विजयी भएका छन् । एमालेका उम्मेदवार ढुङ्गेलले ३० हजार ७ सय ३० मतमात्र पाए । कुल एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मतमात्र खसेको थियो । त्यसमध्ये ८३ हजार ८९९ मत सदर भएको थियो ।

यसैगरी रामेछाप जिल्लाबाट प्रदेशसभाका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा सदस्यमा भने प्रदेशसभा (क) बाट माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठ र प्रदेशसभा (ख) बाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।