धनगढी – दार्चुलामा प्रतिनिधिसभातर्फको सामानुपातिक सदस्यमा नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्राप्त अन्तिम परिणामअनुसार दार्चुलामा कुल खसेको ५८ हजार ९ सय ९१ मतमध्ये एमालेले २४ हजार ८ सय ८३ मत प्राप्त गरेको छ ।

दार्चुलामा २४ हजार ८ सय ८३ मत पाएर एमाले पहिलो दल भएको हो । दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसले २० हजार ६ सय ५५ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले आठ हजार १ सय ९० मत प्राप्त गरेर तेस्रो दल भएको छ ।

अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन् । खसेको जम्मा मतमध्ये ५६ हजार ५ सय २२ सदर र २ हजार ४ सय ६९ मत बदर भएका छन् ।