काठमाडौं – विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज आइतबार नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन् भने साँझ ६ः४५ बजे सुरु हुने दोस्रो खेलमा बेल्जियम र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ ।

आजको तेस्रो खेलमा क्रोएशिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ । यसैगरी आजको चौंथो खेल भने मध्यराति १२ः४५ मा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणमै स्पेन र जर्मनीको भेटलाई महत्त्वका साथ हेरिएको छ ।