महोत्तरी– महोत्तरी–१ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै आफू विजयी भएका हुन् ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् ।