दोहा– कतारमा जारी फिफा विश्वकप फुटबलमा साउदी अरेबियालाई हराउँदै पोल्याण्डले नकआउट चरणमा जाने बलियो आधार बनाएको छ । विश्वकप दावेदार मानिएको अर्जेन्टिनालाई २—१ गोलले हराएर सन्सनी मच्चाएको एसियाली राष्ट्र साउदी अरेबिया आफ्नो दोस्रो खेलमा फर्किन सकेन । समूह ‘सी’ अन्तर्गतको खेलमा पोल्याण्डले साउदी अरेबियालाई २–० गोलले हराउन सफल भयो ।

रोबर्ट लेवान्डोस्कीको पासमा पिटोर जेलिनिस्कीले गोल गर्दै आफ्नो टिमलाई अग्रता उनी आफैंले दोस्रो हाफको खेलमा गोल गर्दै आफ्नो टिम पोल्याण्डलाई सुनिश्चित गरेका थिए । यसअघिको पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेर अङ्क बाँडेको पोल्याण्डले साउदीलाई हराउँदै समूहको शीर्ष स्थानमा उक्लेको छ ।

साउदी अरेयिबा खेलमा फर्कन निकै सङ्घर्षरत थियो, धेरै अवसर पाएर पनि सदुपयोग गर्न नसक्दा पोल्याण्डसँग हार व्यहोर्न बाध्य भयो । अब पोल्याण्डले तेस्रो तथा समूह ‘सी’ अन्तिम खेल अर्जेन्टिनासँग खेल्ने छ । आजै मध्यरात अर्जेन्टिनाले मेक्सिकोको सामना गर्दैछ ।

अर्र्जेिन्टना आजको खेलमा गर कि मर को रणनीतिमा मैदानमा उत्रने छ । आजको खेल अर्जेन्टिनाले जित्नै पर्ने दवावमा रहेको छ । आज राति मेक्सिकोसँग हुने अर्जेन्टिनाको खेल बराबरीमा रोकिए पनि अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न निकै कठिन हुनेछ । अजेन्टिनाले अबका बाँकी दुई खेल जित्नै पर्ने हुन्छ नकआउट चरणमा पुग्नका लागि । समूह ‘सी’को अङ्क तालिकामा अर्जेन्टिना अङ्कविहिन हुँदै पुछारमा रहेको छ ।