फाइल तस्वीर ।
महोत्तरी– महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काङग्रेसका उम्मेदवार महेन्द्रकुमार राय निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै राय प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित सांसद् रायले २५ हजार ४२० मत ल्याएर हराएका हुन् । जसपाका उम्मेदवार सुरेन्द्रले २१ हजार २९६ मत ल्याएका छन् ।