दीपक बोहोरा, फाइल तस्वीर ।

रुपन्देही–रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहोराले गृहमन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई हराएका हुन् ।

राप्रपाका बोहोराले ३६ हजार ७१७ मत प्राप्त गरी निर्वाचित हुँदा नेपाली काङ्ग्रेसका उम्मेदवार खाँणको पक्षमा ३४ हजार ३६ मतमात्र प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहोराले गृहमन्त्री समेत रहेका खाँणलाई मत २ हजार ६८१ मतले पछि पारेका छन् ।