सुवासचन्द्र नेम्वाङ, फाइल तस्वीर

इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर २ मा विवाद उत्पन्न भए पछि मत गणनाको काम रोकिएको छ । निकै प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मत गणना हुँदाहुँदै विवाद उत्पन्न भएपति मत गन्ने काम रोकिएको हो ।

एवम् एमालेका उम्मेदवार बन्नु भएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र सत्तागठबन्धन दलका साझा सम्मेदवार नेपाली काङ्ग्रेसका डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । वडा नं. १ को मत गणनामा एमालेका उम्मेदवार सुवास नेम्वाङ १३० मतले अगाडि रहनुभएको थियो ।

अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली काङ्ग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो । गणनास्थलमा अहिले काङग्रेस समर्थकले नाराबाजीसमेत गरिरहेका छन् । गणनास्थलमा सुरक्षाकर्मी बढाइएको छ ।