दोहा– कतारमा जारी विश्वकपअन्तर्गत शुक्रबार भएको समूह ‘ए’ को खेलमा सेनेगलले आयोजक राष्ट्र इराकलाई पराजित गरेको छ । पहिलो हाफमा आयोजक कतारविरुद्ध १–० को अग्रता बनाएको सेनेगलले दोस्रो हाफमा थप २ गोल गर्दै कतारलाई ३–१ गोलले हराउँदै तीन अङ्क जोडेको छ । आयोजक राष्ट्र यो हारसँगै जारी विश्वकपको समूहचरणबाट बाहिरिने पक्का भएको छ ।

कतारको अल थुमामा रंगशालामा जारी खेलको ४१ औं मिनेटमा बोउलाय डियाले गोल गर्दै सेनेगललाई अग्रता दिलाए थिए । पहिलो हाफमा सात मिनेट इन्जुरी टाइम थपिएको थियो । कतारले दोस्रो हाफमा केही सुधारिएको खेल खेल्दै १ गोल गर्न सफल भएको थियो । तर कतारले खेलमा फर्कन प्रयास गरेता पनि सफल हुन सकेन । समूह चरणमा पराजय भोगेका दुवै टिम जितको खोजिमा मौदानमा उत्रिएका थिए । आयोजक राष्ट्र कतारलाई हराउँदै नकआउट चरणमा जाने बाटो कोरेको छ सेनेगलले ।

यसअघिको पहिलो खेलमा कतार इक्वेडरसँग २–० ले पराजित भएको थियो भने सेनेगल नेदरल्याण्ड्सँग २–० ले नै पराजित भएको थियो । आजको जितसँगै सेनेगलले नकआउट चरणमा पुग्ने सम्भावनाको ढोका खोलेको छ । समूहबाट शीर्ष स्थानमा रहने दुई टिमले नकआउट चरणका लागि स्थान बनाउनेछन् । नेदरल्याण्डसँग हारेको सेनेगलले अब इक्वेडरसँग अन्तिम खेल खेल्नेछ भने कतारले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।