मान्मा – कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई ६ हजार बढी मतान्तरले पराजित गरेका हुन् ।

कालीकोटमा खसेको कुल ४६ हजार ६ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाहीले २३ हजार ८७ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ हजार २ सय ३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै राप्रपाका धनबहादुर बुढाले १ हजार ५ सय ६३, नेमकिपाका खड्गराज शाहीले १ हजार ८९, नेपाली काङ्ग्रेस (विपी) का पङ्खबहादुर विष्टले १ सय ४० तथा स्वतन्त्रद्वय काशीचन्द्र बरालले ८ सय ९३ र धनप्रसाद पाण्डेले ७९ मत ल्याएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिनुभयो ।