दिलेन्द्रप्रसाद बडु, फाइल तस्वीर


दार्चुला – दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडु निर्वाचित हुनुभएको छ । दार्चुला जिल्लामा नेपाली काङगे्रसले २३ वर्षपछि चुनाव जितेको हो । नेपाली काङ्ग्रेसले २३ वर्ष अघि २०५६ सालमा दार्चुलामा निर्वाचन जितेको थियो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित काङग्रेस नेता बडू वर्तमान कामचलाउ सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्नालाई पराजित गर्दै बडू निर्वाचित हुनुभएको हो । २०७० सालमा भएको निर्वाचनमा एमालेका गणेशसिंह ठगुन्नासँग पराजित हुनुभएका बडु २०७४ सालमा भने समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भै मन्त्री बन्नुभएको हो ।

गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसले दार्चुलाका सबै नौवटै पालिकामा हार व्यहोरेको थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित बडू यसपटक पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार । एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । बडूले यसअघि निरन्तर दुईपटक सांसद भएका ठगुन्नालाई पराजित हराएका हुन् ।