महोत्तरी– महोत्तरी–२ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित गरेका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाएका छन् भने सिंहले ११ हजार १२० मत ल्याएर दोस्रो स्थानमा छन् ।

एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत पाउँदा जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९ सय ७१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत प्राप्त गरेका छन् ।