पोखरा – कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् । एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत ल्याएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले १० हजार ९ सय ४१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ३ हजार ८ मत प्राप्त गरेका छन् ।