प्रतिनिधिसभा सदस्यमा निर्वाचित शरदसिंह भण्डारी, फाइल तस्वीर


महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत मात्र ल्याएका थिए । तेस्रो स्थानमा रहेको नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत ल्याए भने जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत ल्याएका छन् ।