गुल्मी– गुल्मी १ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन् । एक हजार भन्दा बढी मतले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी हुनुभएको हो ।

गुल्मी १ मा भण्डारी र ज्ञवालीे पालैपालो विजयी हुँदै आएका छन् । वि.सं. २०६४ मा ज्ञवाली, २०७० मा भण्डारी, २०७४ मा ज्ञवाली र २०७९ मा फेरि भण्डारी विजयी भएका हुन् ।

२०७४ मा ज्ञवालीले जितेर परराष्ट्रमन्त्री भएका थिए । तर, २०७९ को निर्वाचनमा आफ्नो पक्षमा पार्न सकेनन् ।