फाइल तस्वीर


कपिलवस्तु – कपिलवस्तु क्षेत्र नं ३ को प्रदेशसभा (ख) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव प्रदेशसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले पराजित गर्नुभएको हो ।

राप्रपाका उम्मेदवार यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित हुँदा उहाँका निकटम प्रतिस्पर्धी खाँले सात हजार नौ सय सात मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ३५ हजार छ सय ३४ मत खसेकोमा दुई हजार ७० मत बदर भएको थियो ।