पोखरा – कास्की १ ’क’ मा नेकपा एमालेका उम्मेदवार खगराज अधिकारी निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालालाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेका उम्मेदवार अधिकारीले १५ हजार ६ सय २३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरेका छन् ।

यसैगरी, हाम्रो नेपाली पार्टीका मदनबहादुर केसीले ३ हजार ६ सय २९ मत प्राप्त गरेका छन् ।