फाइल तस्वीर


धनुषा– धनुषाको निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेकपा (एमाले) का उम्मेदवार दीपेन्द्रकुमार ठाकुर निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै उहाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रदेशसभा सदस्यका लागि निर्वाचित ठाकुरले आठ हजार २२० मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटम प्रतिस्पर्धी लोसपाका उम्मेदवार साहले छ हजार आठ सय १७ मत मात्र पाउनुभयो ।

यसैगरी जनमत पार्टीका रामबाबु साह कलवारले तीन हजार छ सय पाँच, तराई–मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले तीन हजार दुई सय ११ र स्वतन्त्र उम्मेदवार हरिशङ्कर साहले दुई हजार नौ सय ९८ मत प्राप्त गर्नुभएको थियो । यसअघि २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन राजपा नेपालका परमेश्वर साह निर्वाचत हुनुभएको थियो ।