आगलागी, साङ्केतिक तस्वीर ।


चीन – चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनको उरुम्कीमा भएको आगलागीमा नौ जना नागरिकसमेत घाइते भएका छन् । त्यहाँका सुरक्षा अधिकारीहरूले बताएअनुसार एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिहरुको ज्यान गएको हो ।

अधिकारीहरूका अनुसार बिहीबार राति ८ बजो उक्त आगलागीको दुर्घटना भएको हो । उरुम्कीको नियानसाब जिल्लामा राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको समाचारमा जनाइएको छ ।

यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस आगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । एजेन्सी