सिरहा – सिरहा ४ बाट जसपाका उम्मेदवार डा.वीरेन्द्रप्रसाद महतो प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । महतो २४ हजार १ सय २ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २ सय ९४ मत प्राप्त गरेका छन् । यसैगरी एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६ सय ५३ मत मात्र प्राप्त गरेर तेस्रो स्थानमा परेका छन् ।