बर्दघाट – नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान ३४ हजार ९ सय ५९ मतप्राप्त गर्दै निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबनन्धनका साझा काङ्ग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतान्तरले पराजित गर्दै प्रधान निर्वाचित भएका हुन् । काङ्ग्रेसका कँडेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन् ।