बाँके – बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छिन् । उनी एक हजार एक सय ३७ मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केसीले ९ हजार १ सय ३ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम् प्रतिद्धन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले ७ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् ।

यसैगरी राप्रपाका नरेन्द्रकुमार पौडेलले ७ हजार २ सय ५८ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् । सो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अम्बरबहादुर खड्काले ३ हजार ७ सय ६ मत ल्याएका छन् ।

माओवादी नेतृ केसी यसअघि वि.सं २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।