जनकपुरधाम – धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६ सय ६९ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

जुलीले ३३ हजार ३ सय ५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६ सय ८६ मत मात्रै प्राप्त गरेका छन् । एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो । लामो समय पश्चात यो क्षेत्रमा एमालले जितेको छ ।