कास्की – कास्की निर्वाचन क्षेत्र–३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याएका छन् ।