काठमाडौं– मङ्सिर ४ गते आइतबार सम्पन्न प्रदेशसभा सदस्यको ३३० स्थानमध्ये २४९ स्थानको नतिजा घोषणा भएको छ । प्रदेशसभा सदस्य पदका लागि भएको निर्वाचनको परिणाममा अहिलेसम्म २४९ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ ।

प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेस पार्टीले नै बाजी मारेको छ । अहिलेसम्म नेपाली काङ्ग्रेसले ८३ स्थानमा जित निकालेको छ भने २० स्थानमा अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ५९ स्थानमा जितेको छ भने २२ स्थानमा अगाडि रहेको छ ।

यसैगरी तेस्रोस्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३९ स्थानमा जितेको छ भने १० स्थान अग्रता बनाएको छ । नेकपा एकीकृत समाजवादीले १२ स्थानमा जित निकाल्दै २ स्थानमा अग्रता बनाएको छ ।

प्रदेशसभामा जनता समाजवादी पार्टीले १० स्थानमा विजय प्राप्त गर्दै १ स्थानमा अग्रता लिएको छ । अर्को मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशको ८ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ स्थानमा जितेको छ भने ५ स्थानमा अग्रता बनाएको छ । प्रदेशसभा सदस्यमा जनमत पार्टीले ६ स्थानमा जित र २ स्थानमा अग्रता बनाएको छ र भने नागरिक उन्मुक्ति पार्टीले ६ स्थानमा जित र १ स्थानमा अग्रता बनाएको छ । अहिलेसम्म ६७ स्थानमा मतगणना जारी रहेको छ ।