मोरङ – मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली काङ्ग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २ सय ८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २ सय १३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबाबु पण्डितले २२ हजार ९ सय २९ मत प्राप्त गरेका छन् । पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।