कतार– कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को पहिलो खेलमा ब्राजिलले विजयी सुरुवात गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

पाँच पटकको विश्वकप विजेता ब्राजिलले सर्बियालाई २–० गोलले हराउँदा दुवै गोल रिचार्लीसनले गरेका थिए । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सर्बियाले दोस्रो हाफमा खेलमा फर्किन नसक्दा ब्राजितसँग २–० गोलको अन्तरले हार व्यहोर्न बाध्य भयो ।

ब्राजिलका लागि भिनिसियस जुनियरले ६३ औं मिनेटमा गरेको शक्तिशाली प्रहार सर्बियन गोलरक्षकले रोकेपछि पाएको रिबाउन्डमा रिचार्लीसनले सहज गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा अग्रता दोब्बर बनाउने क्रममा रिचार्लीसनलेनै भिनिसियस जुनियरकै बलमा सानदार भलिमार्फत् ब्राजिललाई २–० को अवस्थामा पु¥याएका थिए । त्यसअघि पहिलो हाफमा दुवै टिमले गोलका केही राम्रा मौका पाएपनि गोलरहित बराबरी खेलका थिए । यो जितसँगै ब्राजिलले स्पष्ट तीन अङ्क जोड्दै नकआउट चरणमा प्रवेश गर्नका लागि बाटो सहज बनाएको छ ।