कतार– कतारमा जारी विश्वकप फुटबल अन्तर्गत दक्षिण कोरिया दुई पटकको विश्वकप विजेता उरुग्वेसँग बराबरीमा रोकिएको छ । समूह ‘एच’ मा रहेको एसियाली राष्ट्र दक्षिण कोरिया र उरुग्वे गोलरहित बराबरी खेल्दैे १–१ अङ्क बाँडेका छन् ।

पहिलो हाफमा बराबरीमा रोकेको दक्षिण कोरियाले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । खेलको ४४ औं मिनेटमा उरुग्वेका कप्तान डिएगो गोडिनले हेड गरेको बल पोलमा लागेर फर्किएको थियो । ९० औं मिनेटमा दक्षिण कोरियाका कप्तान सन ह्युङ मिनले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिएको थियो । दुवै टिमले गोलका अवसरहरुलाई सदुपपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भए ।