प्रभु साह, फाइल तस्वीर ।


रौतहट– रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । पूर्व माओवादी नेता साह एमालेको टिकट बहिस्कार गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेकपा (एमाले) ले दिएको टिकट मनोनयन दर्ताको दिन दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका साहले ३२ हजार ४ सय ६७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।


सत्तागठबन्धन दलको समर्थन पाएका साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाललाई हराएर निर्वाचित भएका हुन् । पराजित भएका जैसवालले २५ हजार २ सय मत ल्याएरका छन् । प्रभु साहलाई समर्थन गर्न त्यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई उम्मेदवारी छाड्न पार्टीले निर्देशन दिंदै पूर्वमाओवादी नेता साहलाई सत्ता गठबन्धनले समर्थन गरेको थियो । स्वतन्त्र सांसद बनेका साह सम्भवत नेकपा माओवादी केन्द्रमा नै प्रवेश गर्ने बलियो सम्भावना रहेको छ ।