माधवकुमार नेपाल, फाइल तस्वीर


रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटसँगै सिङ्गो मुलुकको सुशासन, विकास र सम्बृद्धि हासिल गर्न आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगतै अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना मतदाताहरुलाई धन्यवाद दिंदै यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

नेकपा एसका अध्यक्ष नेपालले ‘रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा मलाई अत्यधिक मतका साथ विजयी गराउनुभएकोमा सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु’ नेपालले लेखेका छन्, ‘रौतहटसँगै सिंगो मुलुकमा सुशासन, विकास र सम्बृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धता पुरा गर्न म निरन्तर क्रियाशील हुनेछु’ भन्दै निर्वाचनमा आफूलाई सहयोग गर्ने सबै शुभेच्छुक, नेता कार्यकर्ता धन्यवाद दिनुभएको छ।