काठमाडौं – विश्वपक फुटबल प्रतियोगिता अन्तर्गत कतारमा भएको आजको पहिलो खेलमा स्वीट्जरल्याण्डले कठिन जित निकालेको छ । कतारको अल जानुब स्टेडियममा भरखरै सम्पन्न खेलमा स्वीट्जरल्याण्डले क्यामरुनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

ब्रिल एम्बोलोले खेलको ४८ औं मिनेटमा स्वीट्जरल्याण्डका लागि गोल गर्दै आफ्नो टिमलाई तीन अङ्क दिलाउन सफल भए ।यो जितसँगै स्वीट्जरल्याण्डलाई नकआउट चरणमा जाने बाटो केही सहज भएको छ ।

क्यामरुन खेलमा फर्कन निकै प्रयत्न गरेको थियो । स्वीट्जरल्याण्डमाथि निकै दवाव दिएको क्यामरुनले गोलका लागि केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजय भोग्न बाध्य भयो । त्यसो त स्वीट्जरल्याण्डले पनि गोलका अवसरहरु खेरफालेको थियो ।