धादिङ – धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल विजयी भएका छन् । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मतान्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन् ।

यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कूल ३५ हजार ९ सय ५ मतगणना हुँदा प्रारम्भिक मतपरिणामअनुसार जम्कट्टेलले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थपलियाले १२ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् ।

जम्कट्टेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले बागमती प्रदेश सरकारमा दुई वटा मन्त्रालय सम्हालिसकेका छन् ।