दिक्तेल –खोटाङबाट सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी भएका छन् । नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार राईले एमाले उम्मेदवार भट्टराईलाई २ हजार ६ सय ६९ मतान्तरले पराजित गरेका हुन् । राईले ३१ हजार ३ सय ५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् ।