प्रतिकात्मक तस्वीर


काठमाडौं – काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।