दमक– झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । अध्यक्ष लिङ्देन ४० हजार ६ सय ४८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याएका छन् । लिङदेन र सिटौलाबीच ३ हजार २ सय ७६ मतान्तर रहेको छ ।

लिङदेनले यसअघि पनि सिटौलालाई पराजित गरेका थिए ।