फाइल तस्वीर ।


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नभई यो मामुली कुरा भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । बिहीबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्ता धारणा व्यक्त गर्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले यो निर्वाचनमा स्वतन्त्र पार्टीको उदय भएको नभई यो मतपरिणाम आउनु सामान्य कुरा हो भन्नुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतपरिणामलाई लिएर अध्यक्ष ओलीले स्वतन्त्र पार्टीको उदय भएको नभई यो मतपरिणाम आउनु सामान्य कुरा भएको बताउनु भयो ।

अध्यक्ष ओलीले निर्वाचनमा विजय भएका सबै उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूतिसमेत व्यक्त गर्नुभएको छ । सञ्चारकर्मीहरुको जिज्ञासाको उत्तार दिंदै एमाले अध्यक्ष ओलीले ‘रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मामुली कुरा भएको’ प्रक्रिया व्यक्त गर्नुभयो । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै ‘त्यो ठूलो कुरा होइन, मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो । देशलाई गलत बाटोतिर लैजाँदै हुनुहुन्छ,’ उनले थपे, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन । हाहाहुहुमा त देश चल्दैन । हा हुमा देश लैजाने कुरा नेपालको हितमा छैन’ भन्नुभयो ।

एमाले अध्यक्ष ओलीे चुनावमा धाँधरी भएको भन्दै ‘बुथ कब्जा गर्ने, हत्या गर्ने र राज्य संयन्त्रको दुरूपयोग गर्ने प्रवृत्ति देखिए । आतङ्क फिजाउने प्रवृत्ति देखिए । हेलिकप्टरबाट गुन्डा ओसारेर प्रवृत्ति चिन्ताको विषय हो, सत्ता संरक्षित र सत्ता प्रायोजित गुन्डागर्दी र बुथ क्पाप्चार, हिंसाजस्ता कुराहरू अशोभनीय र निन्दनीय छ’ भन्नुभयो ।

एमाले अध्यक्ष ओली प्रतिनिधिसभा सदस्यमा झापा निर्वाचन क्षेत्र ५ बाट निर्वाचित हुनुभएकाृ छ । विजयी सभालगायतका विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आजै झापा पुग्नुभएको हो ।