धादिङ – धादिङ २ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ३४ हजार ४ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका खेम लोहनीले २३ हजार ९ सय ५० मत ल्याएका छन् । अधिकारी र लोहनीबीच १० हजार ५ सय ३३ मतान्तर रहेको छ ।